
युक्रेनका सैनिकहरूले लुहान्स्क क्षेत्रमा रहेको श्चास्तिया शहरमा ५० जना रुसी सैनिकहरूलाई मारेको दाबी गरेका छन् ।
‘श्चास्तियामा रुसी आक्रान्ताहरूले आक्रमण गरेका थिए । त्यसलाई रुसीहरूको नियन्त्रणबाट फुत्काइएको छ । उनीहरूले आक्रमणको प्रयास गर्दा उपकरण ध्वस्त भएको थियो र लगभग ५० जना शत्रुहरू मारिए,’ सेन्टर फर स्ट्राटेजिक यान्ड इन्फर्मेसन सिक्योरिटीले फेसबूकमा पोस्ट गरेको छ ।
युक्रेनी समयअनुसार बिहीवार बिहान ५ बजे रुस र बेलारुसको सीमाबाट रुसी सैनिकहरू युक्रेनमा प्रवेश गरेका छन् ।