
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष ओलीलाई भेटेर बाहिरिएपछि प्रचण्डले कार्यकक्षमै पुगेर ओलीलाई भेटेका हुन् ।
ओली र प्रचण्डबीच भेट भएको ओलीनिकट स्रोतले पुष्टि गर्यो । भेटमा दोस्रो तहका नेताहरू पनि सहभागी थिए ।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट प्रचण्डका अलावा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए ।