
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु बीचको छलफल सकिएको छ ।
छलफलमा संसद सुचारु गराउन एमाले तयार नभएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै शर्त दोहोर्याएको र त्यसमा निर्णय नपुगिएको उनले बताए ।
तर, एमाले र कांग्रेसले छलफल भने निरन्तर अगाडि बढाउन सहमत भएको बताइएको छ ।