२७ असार २०८३, शनिबार

बढुवा नहुँदा प्रहरीमा गम्भीर निराशा

कात्तिक २०, २०७४
बढुवा नहुँदा प्रहरीमा गम्भीर निराशा
काठमाडौं, २० असार- नेपाल प्रहरीमा लामो समयदेखि बढुवा अवरोध हुँदा करिब ४ सय प्रहरी कर्मचारीहरूको वृत्ति विकासमा गम्भीर असर परेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देखि प्रहरी नायब निरीक्षकसम्मको बढुवा रोकिँदा उनीहरूको वृत्तिविकासमा असर परेको हो, राजधानीमा खबर छ ।nepal-police-cap

प्रहरी नियमावलीअनुसार आगामी चैत अन्तिममा हालका प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको कार्यकाल समाप्त हुँदै छ । तर अहिलेसम्म एआईजीको पनि बढुवा प्रक्रिया अघि नबढ्दा अर्यालपछि आईजीपी बन्ने लाइनमा रहेका प्रहरी अधिकृतहरू प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै कार्यरत रहन पुगेका छन् । बढुवा प्रक्रिया अघि बढेको भए उनीहरू नायब महानिरीक्षक (डीआईजी) भइसकेका हुन्थे ।

गत २ फागुनदेखि नेपाल प्रहरी आईजीपी नियुक्त प्रकरणले अस्तव्यस्त बनेको छ । आईजीपीको स्वाभाविक बढुवा नभएपछि अन्य तहमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । निर्वाचन आचारसंहिताका कारण सरुवाबढुवा रोकिए पनि निजामती कर्मचारीका हकमा भने त्यो लागू हुन सकेको छैन । स्वयं सशस्त्र प्रहरीको हकमा पनि बढुवामा आचारसंहिताको प्रभाव परेको देखिँदैन । प्रहरीले तल्लो तहमा भने बढुवा प्रक्रिया अगाडि बढाएको छ ।

माथिल्लो तहमा विगत ६ महिनादेखि एआर्ईजीबाट सम्पादन हुँदै आएको जिम्मेवारी डीआईजी र डीआईजीबाट सम्पादन हुँदै आएको जिम्मेवारी एसएसपीबाट हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्