०२ असार २०८३, मंगलबार

फरार छन् पल शाह, प्रहरीले खोज्दै

फागुन १३, २०७८
फरार छन् पल शाह, प्रहरीले खोज्दै

एक नाबालिग गायिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहलाई प्रहरीले खोजी गरिरहेको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालतमार्फत बुधवार बेलका पक्राउ पुर्जी जारी गरेको हो । तर, बिहीवार बेलुकासम्म उनी पक्राउ परेका छैनन् । प्रहरीका अनुसार उनलाई पक्राउ गर्न सबैतिर उनको तस्बिर प्रहरीले पठाइसकेको छ।

यता अभिनेता पल शाहले काठमाडौंमै रहेर बिहीवार बिहान फेसबुकमार्फत आधा दर्जन अडियो रेकर्ड क्लिप आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

पलले सो अडियो क्लिप सार्वजनिक गर्ने क्रममा साधी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र गायक सम्राट चौलागाईले र ती नाबालिका गायिकाले आप विरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको पनि सामाजिक सञ्जालमा लेखेका छन् ।

दुर्गेश, सरोज र सम्राट पनि गायक हुन् । करिब ४० मिनटको सो अडियो रेकर्ड क्लिपमा ती नावालिका गायिकाको विवाह अभिनेता पल सँग जसरी पनि गरिदिने भनिएको छ ।

पल शाहविरुद्ध उनीहरूले केही तिक्तता पनि सो अडियो रेकर्डमा पोखेका छन् । तीन दिन अघि पनि पल शाह, ती नाबालिक गायिका, गायक दुर्गेश र सरोजबीचको वार्तालापको अडियो क्लिप मिडियोमार्फत सार्वजनिक भएको थियो।

आफूलाई केही महिना अघि जबरजस्ती करणी गरेको भन्दै ती नाबालिक गायिकाले अभिनेता विरुद्ध आफ्नो अभिभावकसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् ।

सो उजुरी पत्रमा निज पल शाह भनिने पूर्णविक्रम शाहले गत १४ वैशाखमा पोखराको एक घरमा रहेका बेला मदिराको तालमा ती नाबालिक बसेको कोठामा गएर ललाइफकाइ 'बिहे गर्छ, धोका दिन्न' भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको भन्ने कुरा उल्लेख गरिएको छ। यो उजुरीपछि प्रहरीले पलको खोजी तीव्र बनाएको हो।

पलले अभिनय गरेको नयाँ चलचित्र 'म यस्तो गीत गाउँछु-२' शुक्रबारबाट देशव्यापी रिलिज हुँदै छ। यो चलचित्रको बुधबार बेलुका कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर सो थियो । त्यहाँ पनि प्रहरीले उनलाई खोजी गरिरहेको थियो । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्