२१ जेठ २०८३, बिहीबार

आगामी वर्षदेखि जलवायु अनुकूलन कार्यक्रम

फागुन १३, २०७८
आगामी वर्षदेखि जलवायु अनुकूलन कार्यक्रम

जलवायु  परिवर्तनको  असरले  अत्यन्तै  जोखिमपूर्ण  भूगोल  रहेको  नेपालले  आगामी  आर्थिक  वर्षदेखि जलवायु अनुकूलनका कार्यक्रम   अनिवार्य   रूपमा   सञ्चालन गर्ने भएको छ ।

आगामी  वर्षको  बजेटमा  सबै  सरोकारवाला  मन्त्रालय,  प्रदेश  तथा  स्थानीय  तहबाट  जलवायु  अनुकूलनका  कार्यक्रमलाई  प्राथमिकतामा  राख्दै  बजेट  विनियोजन  गर्ने  तयारी सरकारले गरेको छ ।

सरकारले  यसअघि  सन्  २०२१ देखि २०५० सम्मको ३० वर्षे  अनुकूलन  योजना  निर्माण  गरिसकेको  छ  ।

 सो  योजना  कार्यान्वयनका लागि नेपालले आफ्नातर्फबाट एक  अर्ब  ५०  करोड  रुपियाँ  र  जलवायु  वित्तमार्फत विकसित मुलुकबाट ४५ अर्ब ९० करोड रुपियाँ सहयोगको अपेक्षा गरिएको छ ।

कार्बन उत्सर्जनमा एकदमै न्यून भूमिका रहेको तर जोखिममा उच्च रहँदै आएको नेपालले विकसित मुलुकबाट जलवायु वित्तका विभिन्न कोषमार्फत  सो  आर्थिक  सहयोग  नेपाललाई  उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्