२९ जेठ २०८३, शुक्रबार

वडाध्यक्ष नै अति गरिबको सूचीमा !

फागुन १३, २०७८
वडाध्यक्ष नै अति गरिबको सूचीमा !
तस्वीर : नेपाल समाचारपत्र

सुन्दा पनि अचम्म लाग्न सक्छ डोटीमा वर्तमान वडाध्यक्ष नै गरिबको सूचीमा समेटिएका छन् भन्दा।

तर, यो कुरा साँचो हो। यहाँको बोगटान फुइसिल गाउँपालिका-१ का वडाध्यक्ष डम्मरबहादुर घर्ती मगरको नाम "अति गरिब' को सूचीमा समेटिएको भेटिएको छ।

परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर-परिवारको सूची संकलन गर्दा वडा नं १ का अध्यक्षसमेत रहेका घर्ती अति गरिबको सूचीमा परेका हुन्।

तर, उनको आर्थिकस्तर तथा अवस्था भने त्यस्तो छैन। उनले चुनाव जितेर वडाध्यक्ष भएपछि मात्रै वडा कार्यालय नजिकै दुईतले पक्की घर बनाएको र घरमा आयस्रोत पनि राम्रो भएको स्थानीयवासी बताउँछन्। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्