१८ असार २०८३, बिहीबार

बहुप्रतीक्षित फोर्स गुर्खाको बुकिङ खुल्ला

फागुन १३, २०७८
बहुप्रतीक्षित फोर्स गुर्खाको बुकिङ खुल्ला

सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतीक्षित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ खुला भएको छ ।

भारतको बजारमा अत्याधिक रुचाइएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको हो ।

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ ।

विशेषत अफरोड र एडभेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा  विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।   

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुबै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको कम्पनीको दाबी छ ।

साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाइलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचर रहेका छन ।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ ।

यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् ।

थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट  स्पेस र ग्याङ्गवे रहेको छ ।

यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको शुरूवाती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्