११ साउन २०८३, सोमबार

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

फागुन १३, २०७८
सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको टेकु र पेप्सीकोलामा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बिहीवार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुरू गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्