०७ असार २०८३, आइतबार

विद्युत प्राधिकरणमा ‘घुस्याहा’ सक्रिय, सुपरभाइजर रंगेहात पक्राउ

कात्तिक २०, २०७४
विद्युत प्राधिकरणमा ‘घुस्याहा’ सक्रिय, सुपरभाइजर रंगेहात पक्राउ

भक्तपुर, २० असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ ।

आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई रु ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमबार रङ्गेहात पक्राउ गरेको हो । एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा भैललाई रङ्गेहात पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका–५, साविक कटुञ्जे गाविस–१ मा अवस्थित एक मसला उद्योगले १५ एम्पियरको मिटरलाई ३२ एम्पियर बनाउन निवेदन दिएकोमा भैलले ढिलासुस्ती गर्दै ग्राहकसँग घुस मागेका थिए । ग्राहकले आयोगमा उजुरी गरेपछि आयोगको टोलीले छानबिन सुरु गरेको थियो ।

भैल प्राधिकरण भक्तपुर शाखाको नयाँ ग्राहक सेवाका पाँचौँ तहका सुपरभाइजर हुन् । पक्राउ परेका सुपरभाइजर भैललाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । थप अनुसन्धानपछि भैललाई कानुनबमोजिम कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्