२३ जेठ २०८३, शनिबार

मिस ग्ल्याम वर्ल्डमा नेपालका तर्फबाट इरिनाले प्रतिस्पर्धा गर्ने

फागुन १३, २०७८
मिस ग्ल्याम वर्ल्डमा नेपालका तर्फबाट इरिनाले प्रतिस्पर्धा गर्ने

मिस ग्ल्याम वर्ल्ड २०२२ मा यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी हुन् । 

विश्वका एक सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ । 

हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन शोहरूमा सहभागिता जनाइसकेकी छन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छन् । 

मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ मिस ग्ल्याम वर्ल्ड २०२२ लाई लिएर निकै उत्साहित छिन् । मिस ग्ल्याम वर्ल्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने उनले बताइन् । 

मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभई नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन ईराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए । 

मिस ग्ल्याम वर्ल्ड २०२२ आगामी अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन, केरलामा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्