२५ जेठ २०८३, सोमबार

किएभ कब्जा गर्न रुसी सैनिकहरू तयार

फागुन १३, २०७८
किएभ कब्जा गर्न रुसी सैनिकहरू तयार

रुसका २ हजार विशेष सैन्य बलहरूले युक्रेनको राजधानी किएभ कब्जा गर्ने योजना बनाइरहेको किएभ इन्डिपेन्डेन्ट पत्रिकाले खबर दिएको छ । 

उनीहरू हलुका सशस्त्र वाहन तथा हेलिकप्टरहरूमा आएर किएभमा ओर्लन खोज्दैछन् । 

किएभमा ओर्लने कारवाही बेलारुस र रुसको हवाईक्षेत्रमा ए–५० विमानमार्फत गरिनेछ । 

बेलारुसबाट हेलिकप्टर वा हलुका विमान आउनेछ । 

युक्रेनका रुसका ध्वंसकारी समूहहरूले बिजुलीका तार र सबस्टेसनहरू ध्वस्त पार्ने योजना छ । उनीहरूले शहरको बिजुली र सञ्चारसेवा काटेर जनतालाई तर्साउन खोजेका छन् । 

जनतामा त्रास फैलाउन केही अराजक समूहहरूले आगजनी र लुटपाट गरिरहेका छन् । युक्रेनको प्रहरी बलले सार्वजनिक सुरक्षामा ध्यान दिएर ध्वंसकारी र जासूसहरूलाई खोज्न नसक्ने बनाउन खोजिएको छ । 

त्यसबाहेक युक्रेनका सरकारी कार्यालय र महत्त्वपूर्ण स्थलहरूमा विशाल साइबर आक्रमण गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्