२३ असार २०८३, मंगलबार

गच्छदारको फोरमले दर्ता गर्यो अर्को जीत, रुपन्देहीको सम्मरीमा विजयी

कात्तिक २०, २०७४
गच्छदारको फोरमले दर्ता गर्यो अर्को जीत, रुपन्देहीको सम्मरीमा विजयी

लुम्बिनी, २० असार– रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले जीत हासिल गरेको छ ।

रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये लोकतान्त्रिकको यो पहिलो जीत हो । सम्मरीमाईमा लोकतान्त्रिक फोरमका जीतेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत ल्याएर विजय भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याए । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका अजय शुक्लाले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

उपाध्यक्ष भने काँग्रेसले जितेको छ । काँग्रेसकी कुमारी प्रियंका शाही सिंहले दुई हजार ८१६ मत ल्याएर जीत हासिल गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी कमलावती अहिरले दुई हजार १५० मत ल्याइन् ।

salt training

कमेन्ट गर्नुहोस्