१२ असार २०८३, शुक्रबार

जुवातास खेलिरहेका १२ जना पक्राउ

फागुन १३, २०७८
जुवातास खेलिरहेका १२ जना पक्राउ

ललितपुर महानगरपालिका-१२ टंगालबाट जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गीलगायत बिहीवार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ६५५ रूपैयाँ, कौडा २ सेट, पासा २ सेट र २ बुक ताससहित फेला पारी पक्राउ गरेको  हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्