२३ असार २०८३, मंगलबार

नर्भिकमा निःशुल्क ओपीडी पुनः शुरू, यो साता युरोलोजी टीमले सेवा दिने

फागुन १३, २०७८
नर्भिकमा निःशुल्क ओपीडी पुनः शुरू, यो साता युरोलोजी टीमले सेवा दिने

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः शुरू हुने भएको छ । 

नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर शुरू हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट प्रत्येक शनिवार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको थियो । सो अभियान कोभिडको तेस्रो लहर शुरू भएपछि केही साता बन्द गर्नुपरेको थियो । 

कोभिडको तेस्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिवारको फ्री ओपीडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो । 

यो निर्णयअनुसार भोलि (शनिवार) नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले सेवा दिनेछ । 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा सञ्चालन हुने समय समेत परिवर्तन भएको छ । पहिले बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा सञ्चालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२ घण्टा) सञ्चालन हुनेछ । 

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । 

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

salt training

कमेन्ट गर्नुहोस्