२४ जेठ २०८३, आइतबार

रुस–युक्रेन युद्ध चर्किंदै : जमिन, समुद्र र आकाशमा नेटो सैनिक तैनाथ गर्ने घोषणा

फागुन १४, २०७८
रुस–युक्रेन युद्ध चर्किंदै : जमिन, समुद्र र आकाशमा नेटो सैनिक तैनाथ गर्ने घोषणा

रुस–युक्रेन युद्ध चर्किंदै गएका बेला अमेरिका नेतृत्वको नेटोले सहयोगी छिमेकी देशमा नेटो सैनिक तैनाथ गर्ने घोषणा गरेको छ ।

नेटो प्रमुख जेन्स स्टोलटेनवर्गले अमेरिकी राष्ट्रपति जो बाइडेन र समकक्षीहरू नेटो सैनिक तैनाथ गर्न सहमत भएका जानकारी दिए ।

जोन्सले भने, ‘नेटोमा आवद्ध देशका नेताहरूले नेटो प्रतिक्रिया बल तैनाथ गर्न सैनिक पठाउने फैसला गरेका छन् ।’ कति सैनिक कहाँ–कहाँ तैनाथ गर्ने भन्नेबारे उनले स्पष्ट जानकारी दिएनन् ।

उनले नेटो सैनिकलाई जमिन, समुद्र र आकाशमा तैनाथ गर्ने बताए । रुसी आक्रमण युक्रेनमै सीमित नभई अन्य छिमेकी देशमा समेत हुनसक्ने आशंका जेन्सले व्यक्त गरे । रुसले रोमानियामा पनि आक्रमण गरेको आरोप छ, रोमानिया नेटो सदस्य राष्ट्र हो ।

रुसले युक्रेनमाथि गरेको हमलालाई नेटोले गम्भीरताका साथ लिएको जेन्सले बताए । 

salt training

कमेन्ट गर्नुहोस्