
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना ‘एमसीसीको समस्या पनि समाधान होस् र गठबन्धन पनि नटुटोस् भनेर विकल्प खोजिरहेको बताएका छन् ।
‘जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति’मा शनिवार बिहान आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गरिरहेको बताएका छन् ।
‘गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिराखेका छौं,’ उनले भने, ‘एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौं ।’
प्रचण्डले अहिले पनि रक्तपातविहीन युद्धमा भइरहेको बताए । उनले भने, ‘अहिले हामी रक्तपातहीन युद्धमा छौं, युद्ध रोकिएको छैन ।’