
युक्रेनले ३५०० रुसी सैनिक मारिएको दाबी गरेको छ ।
युक्रेनी सेनाले आक्रमणमा संलग्न तीन हजार ५०० रुसी सैनिक मारिएको र २०० लाई बन्दी बनाएको दाबी गरेको हो ।
सेनाले आफ्नो फेसबुक पेजमा यो जानकारी दिएको बीबीसीले लेखेको छ ।
रुसले अहिलेसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको सेनाले जनाएको छ ।
यी दाबीहरूको पुष्टि भने नभएको बीबीसीको भनाइ छ ।
रुसले अहिलेसम्म त्यस्तो कुनै क्षतिको जानकारी दिएको छैन ।