१० असार २०८३, बुधबार

स्मार्टफोन मानव स्वास्थ्यका लागि घातक, प्रयोगकर्ताको आयू घट्ने

कात्तिक २०, २०७४
स्मार्टफोन मानव स्वास्थ्यका लागि घातक, प्रयोगकर्ताको आयू घट्ने

काठमाडौं– स्मार्टफोन अब मात्र फोन रहने, हाम्रो जिन्दगीको एक अभिन्न अंग बनिसकेको छ । जसमाथि हाम्रो निर्भरता दिनानुदिन बढ्दै गइरहेको ।

तर यसको एक दोस्रो पक्ष पनि छ । स्मार्टफोन हाम्रा लागि जति उपयोगी छ, त्यति नै यो हाम्रो स्वास्थ्यका लागि घातक पनि छ । यसको धेरै उपयोगले युवाहरु छिट्टै बृद्ध बन्ने खतरा निम्तिएको छ ।

एक अध्ययनबाट पत्ता लागेको छ कि स्मार्टफोनको अधिक प्रयोग गर्ने युवाहरुको अवस्था ८० वर्षका बृद्धको जस्तै हुन जान्छ । यसका साथै शारीरिक बिमारी जस्तै गर्धन दुख्ने, कम्मर दुख्ने जस्ता समस्या निम्तिने गरेको तथ्य पनि बाहिर आएको छ ।

वैज्ञानिकहहरुले २१ जना मानिसहरुमा आई ट्र्याकरको माध्यमबाट निगरानी गरे । र ती मानिसका २५२ ओटा हाउभाउ र घटनालाई क्यामेरमा कैद गरेर त्यसमाथि रिसर्च गरे ।

उक्त रिसर्चबाट पत्ता लाग्यो कि ४६ प्रतिशत मानिसहरु हिँड्दै गरेको अवस्थामा स्मार्टफोनको प्रयोग गर्छन्, चाहे फोनमा कुराकानी गर्नका लागि होस्, म्यासेज पढ्का लागि होस् या म्यासेज टाइप गर्नका लागि ।

स्मार्टफोन प्रयोग गरेर हिँडिरहँदा उनीहरुको गतिमा कमी आउँछ । र उनीहरु यसप्रकारले हिँड्ने गर्छन् जस्तो कि कुनै बृद्ध हिँडिरहेका छन् ।

शोधकर्ताहरुले यो पनि पत्ता लगाएका छन् कि स्मार्टफोनकै कारण मानिसहरुमा ढाड र कम्मर दुख्ने समस्या निम्तिने गर्छ । साथै यसले मानिसहरुको आँखाको ज्योती विस्तारै गुम्ने खतरा रहेको पनि उनीहरु बताउँछन् ।

स्मार्ट फोनका कारण मानिसको आयू औषतमा १० वर्षसम्म कम हुने गरेको पनि नयाँ तथ्य पत्ता लागेको छ ।

यति मात्र हैन, ‘प्लस वन’ नामको पत्रिकाले गरेको अध्ययनअनुसार मानिसहरुको सम्बन्धमा पनि दरार पैदा भइरहेको छ । किनकी मानिसहरु आफ्नो पार्टनरसँग भन्दा बढी समय स्मार्ट फोनसँग विताउन लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्