२२ जेठ २०८३, शुक्रबार

घट्यो संक्रमणः सक्रिय संक्रमितको संख्या जम्मा ८८३९

फागुन १४, २०७८
घट्यो संक्रमणः सक्रिय संक्रमितको संख्या जम्मा ८८३९

पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ नमूना परीक्षणमध्ये १०१ पीसीआर र ५४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९३४ छ । 

मन्त्रालयका अनुसार थप ५४० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ । 

हाल मुलुकभर ८ हजार ८३९ सक्रिय संक्रमित छन् । ओमिक्रोनको प्रभाव बढेका बेला सक्रिय संक्रमितको संख्या ९० हजारसम्म पुगेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्