२५ जेठ २०८३, सोमबार

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जना घाइते

फागुन १४, २०७८
सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जना घाइते
तस्वीरः सामाजिक सञ्जाल

सिन्धुपाल्चोकमा शनिवार यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

काठमाडौंबाट इन्द्रावती बडहरेतर्फ जाँदै गरेको बा २ ख ६५८८ नम्बरको बस अपरान्ह ५ बजे दुर्घटना भएको हो । 

इन्द्रावती गाउँपालिका–११, खोलाबगरस्थित भित्री कच्ची सडकको मोडमा ब्रेक नलाग्दा बस दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले  जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्