२८ असार २०८३, आइतबार

एमसीसीमा हस्ताक्षर गर्ने कम्युनिष्ट घटक अहिले पन्छिन खोजिरहेका छन्- रामचन्द्र पौडेल

फागुन १४, २०७८
एमसीसीमा हस्ताक्षर गर्ने कम्युनिष्ट घटक अहिले पन्छिन खोजिरहेका छन्- रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । 

तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको शहीद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । 

एमसीसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उनले आरोप लगाए । 

गरिबीपनले हिंसा र आत‌ंकजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि परियारले महत्त्वपूर्ण योगदान गरेको भन्दै उनले पार्टीले शहीदका रूपमा सम्मान गरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्