१२ असार २०८३, शुक्रबार

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

फागुन १४, २०७८
रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । 

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए ।  

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । 

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् ।  

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उनले अस्वीकार गरेका छन् । 
अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, “यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु ।”

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहेका उनको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ । 

जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्