०४ असार २०८३, बिहीबार

शुरू भयो जिपलाइनमा ‘सुपरम्यान स्टाइल’

फागुन १५, २०७८
शुरू भयो जिपलाइनमा ‘सुपरम्यान स्टाइल’

पर्वतको कालीगण्डकी नदीमाथि निर्मित जिपलाइन अन्तर्गत ‘सुपरम्यान स्टाइल’ शुरू गरिएको छ । गत पुस २४ गतेदेखि जिपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल भने शुरू गरिएको थिएन ।

हालै मात्र अमेरिकी प्रविधिको ‘जीपस्टक ब्रेक सिस्टम’ जडान पूरा भएपछि ‘सुपरम्यान’ शैलीमा पनि जिपलाइन शुरू गरिएको सञ्चालक राजकुमार बस्नेतले बताए । परीक्षणसहित उद्घाटनपछि ‘क्लासिक’ शैलीमा जिपलाइन हुँदै आएकोमा ब्रेक सिस्टमको जडान कार्य पूरा भएपछि दुवै शैलीमा जिपलाइन सञ्चालन भएको हो ।

‘हामीले क्लासिक स्टाइलको जिपलाइन नियमित गरिरहेका थियौं । तर बीचमा केही दिन क्लासिक जिपलाइन पनि स्थगित गरेर ब्रेक जडानको काम पूरा गरेका छौं,’ उनले भने, ‘अब जिपलाइनको साहसिक खेलमा रमाउन चाहने पर्यटकले क्लासिक वा सुपरम्यान दुवै तरीकाले गर्न सक्नुहुनेछ ।’

जिपलाइनका निर्देशक सुनील बानियाँका अनुसार जिपलाइनको उद्घघाटन भएसँगै तोकिएको शुल्कमा १० प्रतिशत छूट दिइएको थियो । अहिले छूटको अवधि सकिएको छ । अब सुपरम्यानको ४५ सय, क्लासिकको ३५ सय र टान्डेम (एकैपटकमा दुईजना)को ६५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

कालीगण्डकी नदीको सतहबाट २५० मिटरको उचाइबाट शुरू हुने जिपलाइनको शुरुआती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जान्छ । १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइन अवतरण हुनेछ । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्