
प्रतिनिधिसभाको बैठक आज (आइतवार) बस्दै छ।
दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने तय भएको छ ।
शनिवार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।
यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक बस्न लागेको हो। गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो।
प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ ।
सभामुख अग्नि सापकोटाले समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाएका छन् ।