×

कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ र २८ मा

फागुन १५, २०७८

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।
 
मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक–पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । पार्टीका जिल्लाका शीर्षनेताको बैठकबाट सो निर्णय गरिएको उहाँले जानकारी दिए ।
 
बैठक निर्वाचन अधिकृत देवबहादुर महतका समन्वयमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायत सहभागी थिए ।
 
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष तामाङ र जिल्ला पार्टी सचिव बिलबहादुर तामाङले सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । त्यस्तै बालकृष्ण बस्नेत, डा प्रेमध्वज लामा,  राजेन्द्र श्रेष्ठ र विष्णु खत्रीले पनि सभापतिमा दाबी प्रस्तुत गरेका छन् । 


Advertisment

Advertisment
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x