
पूर्वाधार विज्ञ सूर्यराज आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधव कुमार नेपालप्रति व्यंग गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै एक शाकाहारी पण्डितलाई खसीको मासु खाने मन हुँदा के गर्ने भन्नेबारे उपायसमेत सुझाएका छन् ।
उनले भनेका छन्,'एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय। 'वास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको स्रोत शाकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई शाकाहारी मान्न सकिने' भनेर व्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने ।'
एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय।
— Surya Raj Acharya (@SuryaRAcharya) February 27, 2022
'वास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको श्रोत साकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई साकाहारी मान्न सकिने' भनेर ब्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने।😀