०८ साउन २०८३, शुक्रबार

लेखनाथ न्यौपानेको चेतावनी : पार्टी प्रचण्डको क्लब होइन, एमसीसी अनुमोदन गर्ने निर्णय अबैधानिक

फागुन १५, २०७८
लेखनाथ न्यौपानेको चेतावनी : पार्टी प्रचण्डको क्लब होइन, एमसीसी अनुमोदन गर्ने निर्णय अबैधानिक

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी पुष्पमकल दाहाल प्रचण्डको क्लब नभएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरुको बैठक राखेर एमसीसीलाई व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्न सहमत हुने निर्णय सुनाएका थिए ।

केन्द्रीय सदस्य न्यौपानेले भनेका छन्, ‘माओवादी राष्ट्रघात गर्ने पार्टी होइन र एकाध व्यक्तिको निजी क्लब होइन ।’

केन्द्रीय समितिको बैंठक पटक पटक स्थगित गरेर प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै न्यौपानेले विरोध गरेका छन् । 

‘महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसीजस्तो  मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।’ 

माओवादी केन्द्रको केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक नहुने भएकाले आज विहान अध्यक्ष प्रचण्डको निवासमा भएको भनिएको भनिएको बैठकको कुनै बैधानिकता नभएको न्यौपानेले बताएका छन् ।

एमसीसी अनुमोदन गर्ने निर्णयमा नेताहरु नाराणकाजी श्रेष्ठ, लीलामणि पौडेल, हरिबोल गजुरेल, देव गुरूङ लगायतले उक्त निर्णयको प्रतिवाद गरेका छन ।

salt training

कमेन्ट गर्नुहोस्