१९ असार २०८३, शुक्रबार

एमसीसीमा व्याख्यात्मक प्रस्तावको तयारीका कारण संसद् बैठक ढिलो हुने

फागुन १५, २०७८
एमसीसीमा व्याख्यात्मक प्रस्तावको तयारीका कारण संसद् बैठक ढिलो हुने

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सँगै त्यसको व्याख्यात्मक प्रस्ताव तयार गर्न दलहरू जुटेपछि पारित गर्न ढिलाइ हुने भएको छ । 

प्रस्ताव तयार गर्ने काम भइरहेकोले बैठक केही ढिलो हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

विवादित बुँदामा व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्ने गठबन्धन बैठकमा सहमति भएको थियो । संसद भवन परिसरमा पुगेका कार्कीले सो प्रस्तावमा छलफल भइरहेको जानकारी दिए । सोही कारण प्रतिनिधि सभाको बैठक ढिला हुने भएको हो । 

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएकोमा नेकपा माओवादी केन्द्र र नेकपा एस आन्तरिक छलफलमा छन् ।

माओवादी संसदीय दलको बैठक संसद भवनकै ल्होत्से हलमा बसिरहेको छ भने नेकपा एसको स्थायी कमिटी बैठक पनि बानेश्वरकै एक पार्टी प्यालेसमा चलिरहेको छ । संसद्का दुई वटा बैठक राखेर एमसीसी आजै पारित गर्ने सरकारको तयारी छ । 

प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । माओवादी संसदीय दलको बैठक लगत्तै कार्यव्यवस्थाको बैठक राख्ने तयारी रहेको संसद सचिवालय स्रोतले जानकारी दियो । 

salt training

कमेन्ट गर्नुहोस्