
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बेलारुसमा रुसी प्रतिनिधिमण्डलसँग कुराकानी गर्न आफूहरू तयार रहेको भन्ने खबर झूटो भएको बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि पत्रकारहरूसँग कुरा गर्दै रुसी प्रतिनिधिमण्डल बेलारुस पुगेको र युक्रेनीहरूलाई पर्खिरहेको बताएका थिए ।
स्थानीइ समयअनुसार आइतवार बिहान जेलेन्सकीले आफू युक्रेनप्रति आक्रामकता नदेखाउने अन्य स्थानमा वार्ता गर्न तयार रहेको बताए ।
युक्रेनमाथि रुसले बेलारुसको भूमिबाट आक्रमण नगरेको भए आफू राजधानी मिन्स्क जान सक्ने बताए ।
जेलेन्स्कीका सल्लाहकार मिखाइल पोदोल्याकले बेलारुसको गोमेल शहरमा रुसी प्रतिनिधिमण्डल पुग्नु निरर्थक रहेको बताएका छन् ।
जेलेन्स्कीले वास्तविक वार्ता गर्न मात्र तयार रहेको र कुनै पनि किसिमको धम्कीसामु नझुक्ने उनले बताए ।