×

NMB BANK
NIC ASIA

एमसीसीमाथि छलफल

एमसीसीमा समर्थन गर्नेहरू राष्ट्रिय गद्दारका रूपमा अंकित हुनेछन्- भीम रावल

फागुन १५, २०७८

NTC
Premier Steels

नेकपा एमालेका नेता भीम रावलले एमसीसी अनुमोदन गर्न समर्थन हुनेहरू राष्ट्रिय गद्दारको रुपमा अंकित हुने टिप्पणी गरेका छन् ।

Muktinath Bank

आइतवार प्रतिनिधि सभाको बैठकमा एमसीसीसँगको सम्झौतामाथि छलफलमा भाग लिँदै रावलले होहल्लाको बीच संसदमा एमसीसी ल्याएर सरकारले देशप्रति गद्दारी गरेको आरोप लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय स्वाधिनतासम्बन्धी विषयलाई होहल्लाको बीचमा प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो । जनताप्रतिको धोका हो । नेपाल राष्ट्रको अपमान हो,’ उनले भने, ‘यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती भनेर दर्ज हुनेछ । जसजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार भनेर नेपालको इतिहासमा अंकित हुनेछन् ।’ 


Advertisment
Nabil box
Kumari

सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता र हितलाई गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि उनले संसदमा बताए । 

Vianet communication

व्याख्यात्मक टिप्पणीबाट राष्ट्रघाती प्रावधान सच्याइने कुरा गर्नु जनतालाई ठग्नु मात्रै भएको र महाकाली सन्धीको बेलाको निरर्थक संकल्प प्रस्ताव जस्तै रहेको रावलको भनाइ छ । 

‘अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक नीति विपरीत कुनै काम गर्न नपाइने प्रावधान एमसीसीमा राखिएको छ । नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्ने, विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बाटो खोलिएको छ,’ रावलले भने । 

नेपाललाई विदेशीको प्रभावमा राख्ने योजना एमसीसीबाट तय गरिएको उनले बताए । 

अनुदान लिनैपर्ने भनेर प्रत्यक्ष र परोक्ष रुपमा अमेरिकी अधिकारीहरूले दिएको दबाबले पनि अमेरिकी स्वार्थ पुष्टि हुने रावलको भनाइ छ ।

एमसीसी सम्झौता कार्यान्वयन हुँदा नेपाललाई  उपनिवेशीकरणमा धकेल्ने उनले दाबी गरेका छन् । 

सरकार विदेशी हस्तक्षेपमा लम्पसार परेको र एमसीसीको  विरोध गर्नेहरूलाई क्रुरतापूर्वक दमन गरेको पनि रावलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x