रुसका सैनिकहरू युक्रेनको राजधानी किएभतर्फ द्रुत गतिमा अघि बढिरहेका छन् ।
उनीहरू पूर्वतर्फबाट किएभ आइरहेको देखिन्छ । शहरको उत्तरी भागमा उनीहरूको नियन्त्रण छिट्टै कायम हुने देखिन्छ । नीपर नदीभन्दा पूर्वतर्फको भागमा उनीहरू नियन्त्रणमा रहनेछन् ।
रुसले युक्रेनी सुरक्षा बलहरूलाई प्रमुख शहरहरूमा घेराबन्दी गर्ने रणनीति बनाएको देखिन्छ । उनीहरूलाई एकैपटक विशाल शक्तिले आक्रमण गर्नुभन्दा शहरमा घेराबन्दी गरेर आत्मसमर्पणका लागि बाध्य बनाउन खोजिएको हो ।
युक्रेनी सेना रुसी सेनासँग सिधै भिडन्त गर्नका लागि आउन सकेको छैन किनकि त्यसो गर्दा ऊ ध्वस्त हुन्छ ,। त्यसैले ऊ शहरी युद्धकलामार्फत किएभ र अन्य शहरमा अघि बढिरहेका रुसी सेनामा अधिकतम क्षति पुर्याउन चाहन्छ ।
रुसी सेना अपेक्षाकृत रूपमा अघि बढ्न नसक्नुमा युक्रेनलाई सहयोग गरिरहेका पश्चिमी मुलुकहरू जिम्मेवार छन् । उनीहरूले रुसी सैनिकको गतिविधिलाई निगरानी गरेर युक्रेनीहरूलाई सूचना उपलब्ध गराइरहेकाले रुसलाई अिघ बढ्न ढिलाइ भइरहेको हो ।