
ग्रीसले युक्रेनलाई रक्षा उपकरण तथा मानवीय सहायता उपलब्ध गराउने त्यहाँका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
रुसले युक्रेनमाथि गरेको आक्रमणका क्रममा शनिवार १० जना ग्रिसेलीहरूको मृत्यु भएपछि ग्रीसले यो निर्णय लिएको हो ।
प्रधानमन्त्री किरियाकोस मित्सोताकिसको कार्यालयले ट्वीट गरेर युक्रेनको मारिउपोल नजिक १० जना ग्रिसेलीहरू मारिएको भन्दै रुसलाई तत्काल बमबारी रोक्न आग्रह गरेको छ ।