२६ असार २०८३, शुक्रबार

युक्रेनलाई पोल्यान्डले दिने सैन्य सहायता रोक्नका लागि इर्पिन पुग्यो रुसी सेना

फागुन १५, २०७८
युक्रेनलाई पोल्यान्डले दिने सैन्य सहायता रोक्नका लागि इर्पिन पुग्यो रुसी सेना

युक्रेनको राजधानी किएभबाट उत्तरपश्चिममा रहेको इर्पिनमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त भइरहेको छ । 

रुसको आक्रमणलाई रोकेको युक्रेनले दाबी गरेको छ । 

उक्त क्षेत्रमा युक्रेनी सेनाको नियन्त्रण कायम रहेमा लभिभ शहर र पोल्यान्ड सीमाबीचका दुईवटा राजमार्गमा युक्रेन हावी रहन्छ । 

युक्रेनको पश्चिमी भागलाई रुसले कब्जा गर्न नसकेमा उसको रणनीति विफल हुन्छ किनकि त्यही बाटो भएर किएभले पोल्यान्डमार्फत सहायता अविच्छिन्न रूपमा भित्र्याउन पाउँछ । त्यसो हुन नदिनका लागि रुसी सेना त्यतातिर बढिरहेको छ तर युक्रेनले शहरी युद्धकला अपनाएकाले रुसी सैनिकहरूलाई अघि बढ्न गाह्रो परिरहेको छ । 

युक्रेनीहरू रुससँग आमनेसामने भिडन्त गर्न खोजिरहेका छैनन् । रुसमाथि प्रत्याक्रमणको प्रयास पनि उनीहरूले गरेका छैनन् । उनीहरू शहरी युद्धकलामार्फत रुसी सैनिकहरूलाई रोकेर अधिकतम क्षति पुर्‍याउने कोशिश गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्