
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएका छन् ।
आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको बताएका हुन् ।
उनले अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको बताए ।
अध्यक्ष ठाकुरले सो अनुदानले नेपालको गरिबी कम गर्ने र अर्थिक वृद्धि गर्ने लक्ष्य राखेको पनि उल्लेख गरे ।
‘आयोजना निर्माणमा हुने बौद्धिक सम्पत्ति नेपालले नै पाउने हो, यो सहयोग त्यसै आएको होइन,’ उनले भने, ‘नेपालले अनुदान पाउन मापदण्ड पूरा गरेकाले पाएको हो ।’
अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पूरा गरेकाले मात्रै अनुदान पाएको बताए ।