काठमाडौं, २० असार –कुलप्याड स्मार्टफोन नेपालले आफना अमुल्य ग्राहकहरु समक्ष ‘कुल वान ः ग्रुभ विथ दि कुल वान’ नामक नयाँ योजना ल्याएको छ ।
यो योजना अन्तर्गत प्रत्येक कुल प्याड कुल वान मोबाइलको खरिदमा जेबिएल ईन ईयर हेडफोन निः शुल्क प्राप्त गर्न सकिनेछ । यो योजना नेपालभरीको आधिकारिक कुलप्याड काउण्टरमा मात्र लागू हुने जनाइएको छ ।
नेपालमा कुलप्याड स्मार्टफोनबाट कुल वान मोबाइल यो बर्षको प्रमुख मोडल भएको कम्पनीले जनाएको छ । यो मोडल नेपालको पहिलो १३ एमपी प्लस १३ एमपी डुअल रेयर क्यामेराका साथ डुअल टेम्प्रेचर एलईडी फ्ल्याउ हो । डुअल रेयर क्यामेराबाट विस्तृत तस्विरहरु लिने मात्रै नभई ४ के अल्ट्रा एचडी भिडियो रेकर्डिङ पनि गर्न सकिनेछ । क्वाडकम स्न्यापड्रागन ६५२ सहित एड्रिनो ५१० जीपीयू बाट पावर प्रोसिडमात्रै नभई यसमा ४ जीबी र्याम र ३२ जीबी र्याम रहेको छ ।
कर्निङ गुरिल्ला ग्लासद्धारा सुरक्षित स्व्रmीन, यो पावर कुल फोनले ४०६० एमएएच ब्याट्रीको जगेडा सुरक्षित गर्छ । यो फोनमा यूएसबी टाईप सी जडित छ, जुन अत्याधिक द्रुत गतिमा चार्ज हुन र डाटा ट्रान्सफर गर्ने सक्षम छ ।
आफना ग्राहक समक्ष उच्च प्रविधीयुक्त उत्पादन पु¥याउने कम्पनीको विश्वास छ ।