१२ असार २०८३, शुक्रबार

गोर्खा ब्रुअरीको नयाँ उत्पादन प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् सार्वजनिक

कात्तिक २०, २०७४
गोर्खा ब्रुअरीको नयाँ उत्पादन प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् सार्वजनिक

काठमाडौं, २१ असार –गोर्खा ब्रुअरीले प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् सार्वजनिक गरेको छ । कम्पनीले गत आईतवार उक्त उत्पादन सार्वजनिक गरेको हो ।

‘हाम्रो उद्धेश्य हाम्रा उपभोक्ताहरुलाई विश्वस्तरको स्वाद छनौट गर्ने अवसर प्रदान गर्नु हो,’ कम्पनीका प्रबन्ध निर्देशक अरुण अधिकारीले भने, ‘त्यसैले हामीले हाम्रो काल्सबर्ग समूहका सहकर्मीहरुसँग सहकार्य गरी एक विशेष रेसिपि तयार पारेका छौं ।’ नयाँ उत्पादनले नेपाली उपभोक्ताहरुमाझ विशेष तथा उत्कृष्ट स्वाद छनौट गर्न मद्दत पुग्ने उनले बताए ।
एसियन उपभोक्ताका लागि विशेष रुपमा उत्पादित गरिएको टुबोर्ग क्लासिक उत्कृष्ट स्वाद भएको स्ट्रोङ्ग बियर भएको उल्लेख गर्दै गोर्खा ब्रुअरीका मार्केटिङ्ग डाईरेक्टर बैभव शर्माले भने, ‘प्रिमियम स्कच माल्टस् र चुनिएको हप्सका साथ तयार परिएको टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियर प्रेमीहरुलाई फरक प्रिमियम स्वाद प्रदान गर्दछ ।’ अन्य बियरको तुलनामा टुबोर्ग क्लासिक विथ स्कच माल्टस् एक उत्कृष्ट छनोट भएको उनको दावी छ ।

६.५ प्रतिशत अल्कोहलको मात्रा रहेको यस बियरको ६५० एमएल बोतलको बजार मूल्य ३ सय १० रुपयाँ तोकिएको कम्पनीले जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो बु्रअर, गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतुत्वलाई थप बढावा र निरन्तरता दिनेमा कम्पनी अत्याधिक आशावादी रहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्