काठमाडौं, २० असार— असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अझैं जारी रहेको छ । निर्वाचन आयोगले अबको केहि दिनमै सबै स्थानीय तहको निर्वाचन आउने जनाएको छ । विराटनगर र धनगढी नगरपालिका बाहेक जारी मतगणना अन्तिम चरणमा पुगिसकेको छ ।

प्राप्त नतिजा अनुसार मंगलबार राती सबा ८ बजेसम्म २९० स्थानीय तहको नतिजा आएको छ । जसअनुसार सर्वाधिक १२७ स्थानीय तह जित्दै नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।
यस्तै १०८ स्थानीय तह जित्दै कांग्रेस दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित दर्ता गरेको छ ।
यसैगरी फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले समान ६—६ स्थानीय तहमा जित हासिल गरेका छन् भने राप्रपाले पनि तीन तह जितेको छ । यस्तै जनमोर्चाले २ तह जित्दा स्वतन्त्र उम्मेदवारपनि दुई स्थानमा विजयी भएका छन् ।