
स्कुटीमा भगवान शिवको अर्धनारीश्वर रुप देखेर भारत मुम्बईका मानिसहरू छक्क परे । बैजनी रङको स्कुटीमा अर्धनारीश्वरको रुप धारण गरेकी यी कलाकारले मानिसहरूमा श्रद्धा पनि जगाइन् ।
सडक चोक तथा नाकामा मानिसहरू हात जोडेर हरहर महादेव र बम बम भोलेको जयजयकार गरे ।
ती कलाकार हुन्, अभिनेत्री एकता जैन ।
एकताले महाशिवरात्रिको दिन अर्धनारीश्वरको रूप धारण गर्ने मात्र होइन, डमरु र त्रिशूलसँग नृत्य पनि गरिन् ।

भगवान शिवको आराधना गरेपछि उनी सोही रूपमै सुटिङका लागि प्रस्थान गरेकी थिइन् ।
यो रूप धारण गर्न लगातार तीन घण्टा मेकअप गरिएको थियो । उनी यो लुकलाई लिएर निकै उत्साहित थिइन् ।
एकताले शगुन, साकालाका बुम बुम, फेमिली नम्बर १ र अपुन तो बस वैसा ही जस्ता टीभी शो गरिसकेकी छन् ।