०५ साउन २०८३, मंगलबार

सभामुखको राजीनामा पर्खिरहेका छौं, संसदले निस्कासन गर्नु नपरोस्- ओली

फागुन १७, २०७८
सभामुखको राजीनामा पर्खिरहेका छौं, संसदले निस्कासन गर्नु नपरोस्- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सभामुख अग्नि सापकोटाको राजीनामा कुरेर बसिरहेको बताएका छन् । उनले राजीनामा नगरे संसदमा महाभियोग (आचरणअनुसार काम नगरेको प्रस्ताव) ल्याउन सक्ने टिप्पणी गरे । 

सोमवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सभामुख सम्मानजनक रुपमा हटुन् भन्ने आफूहरूको चाहना रहेको बताएका हुन् । ‘सभामुखको किन आलोचना गर्नुहुन्छ, महाभियोग किन नल्याएको भनेको सुनियो । एमालेले सभामुखमाथि महाभियोग ल्याउँदैन भन्ने छैन, ल्याउँछ भन्नेमा पनि छैन । राजीनामा पर्खिरहेका छौं, संसदबाट गलहत्याइयो भन्ने नपरोस् भनेर पर्खेका हौं,’ ओलीले भने । 

सभामुख अग्नि सापकोटाले एमसीसीबारे आवेग र उत्तेजनापूर्ण अभिव्यक्ति दिएको उनले बताए । ‘पेश गर्न भन्दा त मर्न तयार छु, मारिन तयार छु भन्ने आवेगपूर्ण उत्तेजना सभामुखबाट आयो । असाधारण देशद्रोह राष्ट्रघात भयो भनियो,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्