
काठमाडौं, १८ पुस– संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक शुरु भएको छ ।
सिंहदरबारमा शुरु बैठकमा संसद खुलाउने विषयमा छलफल केन्द्रीत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनले संविधान संशोधन विधेयक, निर्वाचन विधेयक लगातयका विषयमा बैठकमा छलफल हुनेछ ।
सरकारले एक महिना अघि संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै एमालेसहितका प्रतिपक्षी दलले सुंसद बैठक बस्न दिएका छैनन् ।