१० साउन २०८३, आइतबार

भीम रावलप्रति ओलीको टिप्पणी- आफूलाई हिरो देखाउन गरिएका क्रियाकलाप पार्टी अनुशासनविपरीत

फागुन १७, २०७८
भीम रावलप्रति ओलीको टिप्पणी- आफूलाई हिरो देखाउन गरिएका क्रियाकलाप पार्टी अनुशासनविपरीत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सांसद भीम रावलका क्रियाकलाप पार्टी अनुशासनविपरीत भएको बताएका छन् । रावलका क्रियाकलापप्रति पार्टीको ध्यानाकर्षण भएको उनले बताएका हुन् । 

मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले रावलका क्रियाकलाप आत्मप्रचारक र अनुचित भएको टिप्पणी गरे । 

‘भीम रावल पार्टीको काम कारवाहीभन्दा पृथक ढंगले चलिरहनु भएको छ, अस्ति संसदीय दलको बैठकमा पनि भनेको थिएँ । आफूलाई व्यक्तिगत रुपमा हिरो देखाउन खोज्ने प्रवृत्ति ठीक होइन,’ पत्रकारको एक प्रश्नको जवाफमा ओलीले भने, ‘भीम रावल पार्टीको सल्लाहकार परिषद्को सदस्य हो, आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन क्रियाकलाप गर्नुभएको छ । यस सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्