०३ साउन २०८३, आइतबार

डोनाल्ड लूको फोन आएको हो, दबाब आएको होइन- ओली

फागुन १७, २०७८
डोनाल्ड लूको फोन आएको हो, दबाब आएको होइन- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसीको विषयमा टेलिफोन गरेको पुष्टि गरेका छन् । 

संसदबाट अनुमोदन भएको एमसीसी सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रमुख प्रतिपक्ष दलको नेता र पूर्व प्रधानमन्त्री भएको कारण विदेशी अधिकारीहरूको टेलिफोन आउनु स्वभाविक भएको बताए । 

एमसीसीको सन्दर्भमा लूसँग टेलिफोनमा संवाद भएको तर, दबाब भने नआएको उनले बताए । 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर एमसीसी अनुमोदन नभए नेपाल र अमेरिकाको सम्बन्धमा पुनर्विचार गरिने धम्की दिएको समाचार सार्वजनिक भएको थियो । 

‘अमेरिकी सहायक मन्त्रीको फोन आएको हो । हामीलाई कसैले दवाब दिएको छैन । दबाब दियो भने कडा प्रतिक्रिया जनाउँछौँ,’ ओलीले भने, ‘कुनै दबाब, धम्की, प्रलोभन आएको छैन । हामी आफ्नो निर्णय गर्न सक्षम छौँ ।’

एमाले राष्ट्रको सार्वभौमसत्ताको रक्षा हुन्छ भनेर सही ढंगले विचार गर्ने पार्टी भएको हुनाले त्यसैअनुसार सोच्ने र निर्णय गर्ने क्षमता भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्