
पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले युक्रेनमा कुनै पनि लडाकू जेट वा विमान नपठाउने बताएका छन् ।
त्यसरी विमान पठाउँदा रुसी सैन्य हस्तक्षेपको बाटो खुल्ने भएकाले त्यस्तो जोखिम नमोल्ने उनको भनाइ छ ।
यसअघि पोल्यान्डले लडाकू विमान पठाएर युक्रेनमा रुसी वायुसेनाको सर्वोच्चतालाई चुनौती दिने आकलन गरिएको थियो । अझ युक्रेनी सैन्य पाइलटहरूलाई पोल्यान्डमा लडाकू विमान चलाउने तालिम लिने समेत कुरा उठेको थियो ।