
पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक सञ्चालनको तयारी गरिएको छ ।
यो सडकखण्डको जलविरे नजिक बिहीबार दिउँसो सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
सडक डिभिजन भरतपुरले दिउँसो २ बजे एक सूचना जारी गर्दै अबको आधा घण्टामा सडक सञ्चालनमा आउने जनाएको छ ।
सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । सडक डिभिजनले रोकिएका सवारीचालकलाई लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।