
यतिबेला रुसको आक्रमणबाट युक्रेन संकटमा छ । रुसी सेनाहरू देशभित्रै घुसेर आक्रमण गरिरहँदा युक्रेनले प्रतिरक्षा गरिरहेको छ ।
युद्ध सँगसँगै युक्रेनले युरोपियन युनियनमा सहभागी हुने प्रक्रिया समेत अगाडि बढाएको छ । युक्रेनका राष्ट्रपति बोलोदिमिर जेलेन्स्कीले दिएको निवेदनलाई युरोपियन संसदले स्वीकार गरेको छ । जेलेन्स्कीले सोमवार निवेदन दिएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनलाई युरोपियन युनियनमा सहभागी गराउन संसदमा विशेष प्रक्रिया समेत शुरू भएको छ । अब युरोपियन संसदमा भोटिङ हुनेछ ।
जेलेन्स्कीले मंगलवार युरोपियन संसदलाई सम्बोधन गर्दै युनियन आफ्नो साथमा रहेको बताए । उनले भने, ‘हामी स्वतन्त्रताको लडाइँ लडिरहेका छौं । यो लडाइँमा युरोपियन युनियन हाम्रो साथमा छ ।’