
प्रतिनिधिसभाको बैठक बुधबारका लागि बोलाइएको छ । आइतबार बसेको बैठकबाट एमसीसी पारित भएसँगै बैठक बुधबार दिउँसो १ बजेसम्म स्थगित भएको थियो
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।