०९ असार २०८३, मंगलबार

अनुमोदन भएलगत्तै एमसीसीले माग्यो कर्मचारी

फागुन १८, २०७८
अनुमोदन भएलगत्तै एमसीसीले माग्यो कर्मचारी

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता नेपालको संसदबाट अनुमोदन भए लगत्तै परियोजना कार्यान्वयन गर्ने निकाय एमसीए–नेपालले जनशक्ति नियुक्तिका लागि आवेदन खुला गरेको छ ।

एमसीए–नेपालले विभिन्न १० पदको लागि विज्ञापन आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले १५ मार्च २०२२ अर्थात चैत १ गते भित्रमा आवेदन दिन भनिएको छ ।

काठमाडौं कार्यालयमा रहेर काम गर्न लागि कर्मचारी नियुक्त गर्न लागेको एमसीए–नेपालले जनाएको छ । 

एमसीसी कार्यान्वयनका लागि परियोजना व्यवस्थापकदेखि सवारी चालक र कार्यालय सहयोगीसम्मका कर्मचारीको लागि आवेदन खुला भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्