
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ ।
फागुन २१ देखि २३ सम्म हुने महाधिवेशनमा नयाँ नेतृत्वका लागि गोपालप्रसाद पोखरेल र सुरेन्द्र अधिकारी समूहबीच आन्तरिक प्रतिस्पर्धा हुने भएको हो ।
एउटा समूहको नेतृत्व अहिलेको युनियनका अध्यक्ष समेत रहेका पोखरेलले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष अधिकारीले गरिरहेका छन् ।
यस्तो छ पोखरेलको टीम
पोखरेलको समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, उपाध्यक्षमा खुलाबाट यज्ञ ओली, महासचिवमा दुर्गा फुयाल र २ उपमहासचिव पदमा इन्दु शर्मा र गणेश भण्डारी रहेका छन् ।
उपाध्यक्ष पदमा प्रदेश १ बाट मानबहादुर वन, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दिपक रेग्मी, कर्णालीबाट चन्द्र खड्का, सुदूरपश्चिमबाट चेतराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यसै गरी महिला उपाध्यक्षमा निर्मला शर्मा, संघीय उपाध्यक्षमा तेजकुमार केसीले र कोषाध्यक्ष पदका लागि प्रयास घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
अधिकारीको टीम
अधिकारी समूहबाट वरिष्ठ उपाध्यक्षमा सुभाष कोइराला, उपाध्यक्षमा खुलाबाट यज्ञ अर्याल, महासचिवमा जनक रावल र २ उपमहासचिव पदमा एक जना देवराज सापकोटाले मात्र अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छन् ।
त्यसै गरी उपाध्यक्ष पदमा प्रदेश १ बाट तोयाप्रसाद तिमिल्सिना, बागमतीबाट पुस्कर नेपाल र दीपक मिश्रमध्ये कुनै एक जनाको नाम टुंगो लाग्न बाँकी छ ।
गण्डकी प्रदेशबाट कृष्ण अर्याल, कर्णालीबाट नृपजंग शाही, सुदूरपश्चिमबाट पूर्णबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । त्यसै गरी महिला उपाध्यक्षमा नाम टुंगो लाग्न सकेको छैन ।
कोषाध्यक्ष पदका लागि सुशील बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन् ।
४ खुला सचिवका लागि ८ प्रतिस्पर्धी
चार जना खुला सचिव पदमा कुलप्रसाद भट्टराई, जगत पाठक, कृष्णबहादुर सैजुवाल, हरिबहादुर क्षेत्री, प्रकाश भट्टराई, झबिन्द्र पोखरेल, धीरेन्द्रराज सुवेदी, भरतकुमार मैनाली र दिनेश पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
सचिव पदका लागि अहिलेसम्म यी आठको नाम चर्चामा छ । पछि उक्त पदका लागि उम्मेदवारको संख्या बढ्ने पनि अनुमान गरिएको छ ।