×

NMB BANK
NIC ASIA

निजामती कर्मचारी युनियनमा चुनावी सरगर्मी, पोखरेल र अधिकारी समूह प्यानलसहित प्रतिस्पर्धामा

फागुन १८, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । 

Muktinath Bank

फागुन २१ देखि २३ सम्म हुने महाधिवेशनमा नयाँ नेतृत्वका लागि गोपालप्रसाद पोखरेल र सुरेन्द्र अधिकारी समूहबीच आन्तरिक प्रतिस्पर्धा हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा समूहको नेतृत्व अहिलेको युनियनका अध्यक्ष समेत रहेका पोखरेलले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष अधिकारीले गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तो छ पोखरेलको टीम

Vianet communication

पोखरेलको समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, उपाध्यक्षमा खुलाबाट यज्ञ ओली, महासचिवमा दुर्गा फुयाल र २ उपमहासचिव पदमा इन्दु शर्मा र गणेश भण्डारी रहेका छन् । 

उपाध्यक्ष पदमा प्रदेश १ बाट मानबहादुर वन, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दिपक रेग्मी, कर्णालीबाट चन्द्र खड्का, सुदूरपश्चिमबाट चेतराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् । 

त्यसै गरी महिला उपाध्यक्षमा निर्मला शर्मा, संघीय उपाध्यक्षमा तेजकुमार केसीले र कोषाध्यक्ष पदका लागि प्रयास घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । 

अधिकारीको टीम

अधिकारी समूहबाट वरिष्ठ उपाध्यक्षमा सुभाष कोइराला, उपाध्यक्षमा खुलाबाट यज्ञ अर्याल, महासचिवमा जनक रावल र २ उपमहासचिव पदमा एक जना देवराज सापकोटाले मात्र अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छन् । 

त्यसै गरी उपाध्यक्ष पदमा प्रदेश १ बाट तोयाप्रसाद तिमिल्सिना, बागमतीबाट पुस्कर नेपाल र दीपक मिश्रमध्ये कुनै एक जनाको नाम टुंगो लाग्न बाँकी छ । 

गण्डकी प्रदेशबाट कृष्ण अर्याल, कर्णालीबाट नृपजंग शाही, सुदूरपश्चिमबाट पूर्णबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । त्यसै गरी महिला उपाध्यक्षमा नाम टुंगो लाग्न सकेको छैन । 

कोषाध्यक्ष पदका लागि सुशील बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन् । 

४ खुला सचिवका लागि ८ प्रतिस्पर्धी

चार जना खुला सचिव पदमा कुलप्रसाद भट्टराई, जगत पाठक, कृष्णबहादुर सैजुवाल, हरिबहादुर क्षेत्री, प्रकाश भट्टराई, झबिन्द्र पोखरेल, धीरेन्द्रराज सुवेदी, भरतकुमार मैनाली र दिनेश पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । 

सचिव पदका लागि अहिलेसम्म यी आठको नाम चर्चामा छ । पछि उक्त पदका लागि उम्मेदवारको संख्या बढ्ने पनि अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x