०४ साउन २०८३, सोमबार

मिनेन्द्र रिजालले भने- कम्युनिष्ट नेताको जुँगा बचाइदिन मात्रै व्याख्यात्मक घोषणा

फागुन १८, २०७८
मिनेन्द्र रिजालले भने- कम्युनिष्ट नेताको जुँगा बचाइदिन मात्रै व्याख्यात्मक घोषणा

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले व्याख्यात्मक घोषणा कम्युनिष्ट नेताहरूलाई इज्जत जोगाउने माध्यम मात्रै भएको बताएका छन् । 

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रिजालले व्याख्यात्मक घोषणाले अमेरिकालाई नयाँ दायित्व सिर्जना नगर्ने समेत बताएका छन् । 

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति लक्षित गर्दै कम्युनिष्ट नेताको जुँगा बचाइदिन मात्रै व्याख्यात्मक घोषणा ल्याएकोसमेत बताए । ‘व्याख्यात्मक घोषणा भन्दा उहाँहरूलाई पनि मैले केही पाएँ भन्ने भएको छ,’ उनले भने ‘तर पहिला जे उल्लेख गरिएको छ अहिले पनि केही सुधार नगरी त्यही नै पास गरिएको छ ।’ 

एमसीसी पास भएपछि नेकपा एकीकृत समाजवादी र माओवादीलाई सरकारमा बसिराख्ने बाटो खुलेको समेत बताए । हामीले एमसीसी पढ्यौँ, बुझ्यौँ अब बुझेअनुसारको घोषणा गरेका छौँ भनेर हिड्नसमेत उनले प्रचण्ड र माधव नेपाललाई सुझाव दिएका छन् ।

व्याख्यात्मक घोषणामा नयाँ कुरा नभएकाले यता इज्जत बचे पनि अमेरिकाले भने अझै पढेकै रहेनछन् भन्ने परेको उनको भनाइ छ । 

एमाले अध्यक्ष केपी ओलीको भनाइप्रति लक्षित गर्दै उनले भने, ‘आफ्नो पालामा दुई तिहाइ हुँदा पार्टी जोगाउन नसक्ने अनि अहिले आएर थोरै सांसद भएको कांग्रेसले एमसीसी पास गराउँदा विभिन्न बहाना बनाउन हुँदैन ।’ 

गठबन्धन युग युगसम्म रहने वाचा नगरेको समेत उनले बताए । 

चुनावसम्म सँगै जाने भनेर केही नेताहरूले बताइरहेका बेला उनले गठबन्धन सात फेरा घुमेर नबनेको बताउँदै चुनावमा कांग्रेस एक्लै भिड्ने समेत बताए ।

‘संविधानमाथि केपी ओलीले कू गरेका कारण संविधानको रक्षाका लागि गठबन्धन बनेको हो,’  उनले भने, ‘जुन दिनसम्म गठबन्धनको उपादेयता रहन्छ, त्यही दिनसम्म मात्रै गठबन्धन रहन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्